पोखरामा अवैध चाँदीका गहनासहित भारतीय नागरिक प्रकाउ
पाेखरा | कात्तिक २, २०७९
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा चाँदीको गणना ओसारपोसार गर्ने भारतीय नागरिकलाई प्रकाउ गरेको छ ।
अवैध रुपमा चाँदीको गहणा ओसारपोसार गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलिले तालचोकमा चेकजाँच गर्ने क्रममा भारतीय नागरिक र एक जना नेपाली नागरिक प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा भारतको मोतिहारी जिल्ला रक्सौल घर बताउने २१ वर्षीय राजुकुमार शाह र बारा करेयाई गाउँपालिका ८ घर बताउने ३४ वर्षीय सरोज मिया मंसुरलाई प्रहरीले प्रकाउ गरेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भव पुलचोक ललितपुर पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका भारतीय नागरिकको साथबाट प्रहरीले झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुको तयारी साडी पन १६ थान, सिन्दुर दानी सानो ठुलो गरी ९ थान, जन्तर ४ प्याकेट र पाउजु १ सय १ थान गरी अन्दाजी १ लाख १ हजार २ सय २७ रुपैयाँ बराबरको गहणासहित प्रकाउ गरेको हो ।
यस्तै बारा करेयामाई गाउँपालिका घर बताउने सरोज मिया मंसुरलाई अन्दाजी २ लाख १३ हजार २ सय ४७ रुपैयाँ बराबरको गहणासहित प्रहरीले प्रकाउ गरेको छ ।
प्रहरीले मंसुरको साथबाट लुकाईछिपाई राखेको अवस्था नेपाली एक हजारका नोट नगद रु ५७ हजार, चादी जस्तो देखिने सेतो धातुको सिन्दुर दानी १ थान, सानो ठूलो सिक्काहरु १ सय ६५ थान, कछुवा थान ६ थान, पाउजु ८९ थान, झुम्का ५३ थान, मुर्ति १८ थान, घण्टी २ थान, चाबी पिन ९ थान, साडी पिन २० सहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

